काठमाडौं । मुक्तिनाथ क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट कर्पोरेट एडभाईजरी (संस्थागत परामर्श) र फण्ड म्यानेजर (कोष व्यवस्थापन) को लाईसेन्स पाएको छ। यस संगै मुक्तिनाथ विकास बैंक कोष प्रबर्दक बन्ने पहिलो विकास बैंक भएको छ ।
क्यापिटलले छिट्टै नै आफ्नो पहिलो सामुहिक लगनी कोष योजना संचालनको लागि बोर्डमा आवेदन दिने जनाएको छ । मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले बोर्डबाट लाईसेन्स पाएसंगै आफ्ना ग्राहकलिई थप वित्तीय सेवा प्रदान गर्न सकिने बताए ।
FACEBOOK COMMENTS