काठमाडौं । मुक्तिनाथ विकास बैंकको १७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
आज शनिबार पोखरामा सम्पन्न भएको सभाले शेयरधनीहरूका लागि १० दबमलव २६ प्रतिशत लाभांश पारित गरेको छ । ९ दशमलव ७५ प्रतिशत बोनस शेयर र बाँकी ० दशमलव ५१ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश पारित गरेको बैंकले जानकारी दिएको छ ।
सभाले आर्थिक वर्ष २०८०/०८१ का लागि लेखापरीक्षकको नियुक्तिलगायत सामान्य प्रस्तावहरु पनि पारित गरेको बैंकले जनाएको छ ।
बंैकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न सभामा बैंकका सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले स्वागत मन्तव्य र बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रद्युमन पोखरेलले बैंकको हालको अवस्था र भावी रणनीतिको बारेमा जानकारी गराएका थिए ।
यस वार्षिक साधारण सभाले बैंकको नयाँ सञ्चालक समिति समेत चयन गरेको छ । नयाँ सञ्चालक समितिमा भरतराज ढकाल, नारायण कुमार श्रेष्ठ, भरत प्रसाद लम्साल, विनोद कुमार शर्मा र सरोजा श्रेष्ठ (कोइराला) सर्वसम्मत चयन भएको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गले जानकारी दिए ।
FACEBOOK COMMENTS