काठमाडौं । मुक्तिनाथ विकास बैंकले धादिङस्थित बद्री विशाल मावि र स्वर्णिम एकेडेमीमा अध्ययनरत १८२ जना विद्यार्थीलाई स्टेशनरी सामान हस्तान्तरण गरेको छ ।
शिक्षा तथा बालबालिकाहरूको हितसम्बन्धी विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गत कामहरू गर्ने क्रममा बैंकले ती विद्यार्थीहरूलाई कपी, कलम, पेन्सिल, र पेनलगायत सामग्रीहरू हस्तान्तरण गरेको हो ।
उक्त हस्तान्तरण कार्यक्रममा बैंकका सञ्चालक तथा कर्मचारीहरू, विद्यालयका शिक्षक तथा पदाकारीहरूको उपस्थिति थियो । यो सहयोगबाट मुक्तिनाथ विकास बैंकले विधार्थीहरूमा शिक्षाप्रति थप ऊर्जा ल्याउन मद्दत पुग्ने विश्वास लिएको बैंकका सूचना अधिकारी तिलबहादुर गुरुङले बताए ।
FACEBOOK COMMENTS