काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थबीच सम्झौता भएको छ ।
स्थापनाको १७औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकले डा. भगवान कोइरालाको अध्यक्षतामा सञ्चालित गैर नाफामुलक उक्त संस्थासँग सम्झौता गरेको हो ।
बैंकको तर्फबाट अध्यक्ष भरत राज ढकाल र संस्थाको तर्फबाट प्रोफेसर डा. भगवान कोईरालाले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता बमोजिम झापा जिल्ला दमक स्थित निर्माणाधिन बालअस्पताल निर्माणको लागि बैंकले ५ लाख सहयोग गर्ने बैंकले जनाएको छ ।
बैंकले गरेको यस सहयोगबाट बालबालिकाको स्वस्थ्य उपचारमा आवश्यक पर्ने पुर्वाधार बन्ने तथा उपचारमा सहजता हुने विश्वास लिएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बताएका छन्
FACEBOOK COMMENTS