काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको अठारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकले सोमबार पोखरामा आफ्नो वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गर्दै प्रतिशेयर एकस सय रूपैयाँका एक अर्ब रूपैयाँ बराबरको मुक्तिनाथ ८.५ प्रतिशत अविमोच्य असञ्चित अग्राधिकार शेयर सम्बन्धित नियमानकारी निकायको स्वीकृति श्चात जारी गर्ने प्रस्तावसमेत स्वीकृत गरेको छ ।
सभाले आव २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्तिलगायतका सामान्य प्रस्तावहरू पनि पारित गरेको छ । साथै साधारणसभाका अवसरमा बैंक स्थापना गर्न पहल गरेका सुरूका ३० जना संस्थापक शेयरधनीहरू, बैंकको उन्नयनमा अतुलनीय योगदान दिने अन्य संस्थापक शेयरधनीहरू तथा सञ्चालक सदस्यहरूलाई सम्मान गरिएको थियो ।
विशेष प्रस्तावका रूपमा रहेको काठमाडौं-२८, कमलादीमा अवस्थित केन्द्रीय कार्यालय बैंकको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय भवन लाजिम्पाटमा स्थानान्तरण गर्नेलगायतका सबै प्रस्तावहरू सर्वसम्मत रूपले पारित भएका छन् ।
FACEBOOK COMMENTS