काठमाडाैंँ । मुक्तिनाथ विकास बैंक वित्तीय सेवातर्फ ‘सर्टिफिकेट अफ मेरिट’ बाट दोस्रो पटक सम्मानित भएको छ । श्रीलंकको कोलम्बोमा सम्पन्न दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स साफा बेष्ट प्रिजेन्टेड एनुअल अवार्डस २०२३, अन्तर्गत वित्तीय सेवातर्फबाट ‘सर्टिफिकेट अफ मेरिट’ बाट दोस्रो पटक सम्मानित भएको बैंकले जनाएको छ। यो पुरस्कारबाट उक्त बैंक २०२१ र २०२३ साल गरी दोस्रो पटक सम्मानित भएको हो।
दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (साफा) ले बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड विभिन्न विधाहरुमा प्रस्तुत गरेको थियो । दक्षिण एसियन देशहरु बाट प्रस्तुत गरिएका वार्षिक प्रतिवेदनहरुलाई उक्त कार्यका लागि गठन गरिएको सोही संस्थाको समितिले मूल्याङ्कनको आधारमा छनोट गरेको हो ।
विधाहरुमा वित्तीय सेवा क्षेत्र मध्येबाट मुक्तिनाथ विकास बैंकले यो अवार्ड प्राप्त गरेको हो । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले यस बैंकको वार्षिक प्रतिवेदन मूल्याङ्कनको लागि दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्समा पठाएको थियो । उक्त अवार्ड बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले ग्रहण गरेका थिए ।
वार्षिक प्रतिवेदन प्रस्तुत गरे बापत बैंकलाई दिईने उक्त सम्मानलाई अति प्रतिष्ठित सम्मान मानिने गरिएको छ । यसरी अन्तरष्ट्रिय क्षेत्रमा समेत बैंक सम्मानित हुँदा बैंकमा कार्यरत कर्मचारीहरुलाई थप उर्जा मिल्ने बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS