काठमाडाैं । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ७२ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको भन्दा १६.८६ प्रतिशतले थोरै हो । गत वर्ष यसले ८७ करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो । यसको खुद ब्याज आम्दानी भने ४.९७ प्रतिशतले बढेर ३ अर्ब २८ करोड रुपैयाँ कायम भएको छ ।
गत वर्ष उक्त आम्दानी ३ अर्ब १३ करोड थियो । यस बैंकको सञ्चालन नाफा भने १८ प्रतिशतले घटेको छ । गत वर्ष १ अर्ब २६ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको बैंकको यो त्रैमासमा घटेर १ अर्ब ३ करोड रुपैयाँमा झरेको छ ।
यसको वितरणयोग्य नाफा ६१ करोड ९५ लाख रहेको छ । हाल यसको चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब ४८ करोड ८५ लाख रुपैयाँ जम्मा रहेको छ ।
बैंकको खराब कर्जा (एनपीएल) भने २.०२ प्रतिशतबाट बढेर ४.१४ प्रतिशत पुगेको छ । यसको प्रतिसेयर आम्दानी पनि २ रुपैयाँ ७९ पैसाले घटेर १३ रुपैयाँ ७१ पैसामा झरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ३ पैसा रहेको छ ।
FACEBOOK COMMENTS