काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूका लागि भिसा र शैक्षिक शुल्क भुक्तानी गर्न सकिने सेवा सुरु गरेको छ।
यस सेवा अन्तर्गत अब विद्यार्थीहरूले बैंकमार्फतै सहज र सुरक्षित रूपमा शुल्कसर्भिस महाराजगञ्जसँग सहकार्य गर्दै औपचारिक रूपमा यो सेवा सञ्चालनमा ल्याएको हो। सम्झौतापछि अब क्यानडा, अष्ट्रेलिया, अमेरिका, बेलायत, जापान, जर्मनी, न्युजिल्यान्ड लगायतका देशका शैक्षिक संस्थाहरूको शुल्क मुक्तिनाथ विकास बैंकमार्फत तिर्न सकिनेछ।
हाल यो सेवा बैंकको महाराजगञ्ज र कमलादी शाखाबाट सुरु गरिएको छ। निकट भविष्यमा अन्य शाखाबाट पनि सेवा विस्तार गर्ने लक्ष्य बैंकले लिएको जनाएको छ।
साथै, बैंकले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्न विभिन्न योजनाहरू समेत सञ्चालनमा ल्याएको छ। अन्य बैंकका एटीएमहरूबाट रकम झिक्दा पनि छुटको सुविधा दिइएको छ।
हालै बैंकले ‘मुक्तिनाथ फाइदा एप’ सार्वजनिक गर्दै मोबाइलमार्फत बहुउपयोगी सेवा दिने प्रणाली सञ्चालनमा ल्याएको छ। यस एपमार्फत मोबाइल बैंकिङ, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स प्राप्तजस्ता सेवा लिन सकिने व्यवस्था गरिएको छ।

त्यस्तै, मुक्तिनाथले अन्तरदेशीय क्युआर (QR) कोडमार्फत भुक्तानी गर्न सकिने प्रणाली पनि सुरु गरेको छ, जसबाट अन्तर्राष्ट्रिय स्तरमै सरल भुक्तानी सम्भव हुने भएको छ।

विद्यार्थी र डिजिटल बैंकिङ सेवामा केन्द्रित यस्ता पहलहरूले मुक्तिनाथ विकास बैंकलाई ग्राहकमैत्री तथा प्रविधिमैत्री बनाउँदै लगेको छ।