काठमाडौं । मुख्तिनाथ क्यापिटल लिमिटेडले विभिन्न लघुवित्त वित्तीय संस्था र वाणिज्य बैंकका संस्थापक समूहका गरि जम्मा ४,००,४४० कित्ता शेयरहरु शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्री आहवान गरेको छ ।
जसमा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका १,७२,३७२ कित्ताको न्यूनतम मूल्य रु ३०० र न्यूनतम आवेदन ५,००० कित्ता, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका ८४,०६५ कित्ताको न्यूनतम मूल्य रु।३७५ र न्यूनतम आवेदन ५,००० कित्ता, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका ७,९६८ कित्ताको न्यूनतम मूल्य रु ३३० र न्यूनतम आवेदन १,००० कित्ता तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका १,३१५ कित्ताको न्यूनतम मूल्य रु १०० र न्यूनतम आवेदन १,३१५ कित्ता शेयरहरु बिक्रीमा राखिएका छन् ।
इच्छुक योग्य व्यक्ति, कम्पनी तथा संघ–संस्थाले तोकिएको शर्तका अधीनमा रही शिलबन्दी फाराम रु १०० तिरेर मुख्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंबाट प्राप्त गरी भाद्र २४ गते अपरान्ह ३ बजेभित्र बुझाउनुपर्नेछ ।
प्राप्त बोलपत्रहरु भाद्र २५ गते बिहान ११ बजे कार्यालयमा खोलिने क्यापिटलले जनाउको छ । यस शिलबन्दी बोलपत्र प्रक्रियामा साविकका संस्थापक शेयरधनीहरुलाई पहिलो प्राथमिकता दिइनेछ र बाँकी रहेका शेयरहरु उच्चतम दरकदर अंकित गर्ने योग्य बोलपत्रदाताहरुलाई बिक्री गरिनेछ।
मुख्तिनाथ क्यापिटल लिमिटेडले सम्पूर्ण प्रक्रिया नेपाल राष्ट्र बैंकको प्रचलित नियमावलीअनुसार गर्ने छ ।
FACEBOOK COMMENTS