काठमाडौं । मुक्तिनाथ विकास बैंक २० औं वर्ष प्रवेश गरेको अवसरमा बैंकले कृषि क्षेत्रमा लगानी विस्तार, उत्पादकत्व बृद्धि र किसानको दिगोपना अभिवृद्धि गर्ने उद्देश्यले ‘मुक्तिनाथ एग्री– फाइनान्स ३६०’ कार्यक्रम गरेको छ।
उक्त कार्यक्रममा प्रमुख अथिति कृषि तथा पशुपक्षी विकासमन्त्री माननीय डा. मदन परियारको विशेष सम्बोधन रहेको थियो। उनले नेपाल सरकारको तर्फबाट कृषि क्षेत्रको समग्र विस्तार गर्न सबै सरोकारवालाहरूमा उत्प्रेरणात्मक वातावरण निर्माण हुनुपर्नेमा जोड दिए।
यसै सन्दर्भमा कृषि लगानी विस्तार तथा कर्जा गुणस्तर सुदृढ बनाउन क्रेडिट ग्यारेन्टी, वित्तीय साक्षरता, कृषि बिमा, मूल्य शृंखलामा समन्वय, सहकारी तथा निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकता दिने नीति र योजना बनाउन सकेमा मात्र कृषि क्षेत्रको ठोस विकास हुन सक्नेबारे प्रकाश पारे ।
त्यसैगरी, विशेष अतिथि, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मि श्रले भने, ‘पहिले राज्य आफैंले कृषि क्षेत्र विकासका लागि मूल्य शृंखला विकास गर्ने प्रयास गरेको थियो।
तर, पछि सरकारले निजीकरणको नीतिगत व्यवस्थापछि निजी क्षेत्रले आ–आफ्नै तवरले कार्य गर्न थाल्यौं । कर्यक्रम बैंकको सञ्चालक समितिका अध्यक्ष खिमप्रकाश मल्लको अध्यक्षतामा भएको थियो।

FACEBOOK COMMENTS