काठमाडौं । मुक्तिनाथ विकास बैंकले लाभांश पारित गरेको छ । बैंकको पन्ध्रौं वार्षिक साधारण सभाले १८.५० प्रतिशत प्रस्तावीत लाभांश साधरणसभाबाट पारित गरेको हो ।
शनिवार पोखरामा सम्पन्न वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७÷०७८ को मुनाफाबाट सेयरधनीलाई १७.५७५ प्रतिशत बोनस शेयर र बाँकी करका लागि लाभांस प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्थाको बारेमा जानकारी गराएका थिए भने बैंक सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्कमा आवद्ध अन्य बैंकबाट नगद झिक्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।
त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग जस्ता सेवा पनि प्रदान गर्दै आएको छ।
FACEBOOK COMMENTS