काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीका प्रबन्ध निर्देशक भरत राज ढकालले नेपालभरका कृषि क्षेत्रका सबै समस्या समाधान गर्न मुक्तिनाथ कृषि कम्पनी सक्षम रहेको बताएका छन् ।
कर्पोरेट खबरसँगको कुराकानीका क्रममा उनले मुक्तिनाथ कृषि कम्पनी कृषि क्षेत्रमा देखिने सबै खालका समस्या समाधान गर्नका लागि ‘कम्प्लिट प्याकेज’ भएको बताएका हुन् ।
पछिल्लो समय मुलुकको कृषि क्षेत्र विज्ञान र प्रविधिमा आधारित बन्दै अघि बढिरहेको परिप्रेक्ष्यमा मुक्तिनाथ जस्ता अरु धेरै कम्पनीहरू स्थापना हुनुपर्नेमा उनले जोड दिएका छन् । सरकार र विभिन्न अन्तर्राष्ट्रिय निकायहरूसँग समेत सहकार्य गर्दै अघि बढिरहेको यो कम्पनीले सातवटै प्रदेशमा कार्यालय राखेर सेवा प्रवाह गर्दै आएको छ । ती कार्यालयमा पशु तथा कृषिसँग सम्बन्धित जुनसुकै समस्या समाधान गर्न सक्ने दक्ष कर्मचारी व्यवस्थापन गरेको ढकालले बताए ।
उनका अनुसार पहाडका लागि स्याङ्जाको आँधीखोला गाउँपालिकामा ३५ रोपनी र तराइका लागि चितवनमा २०० रोपनी क्षेत्रफलमा उत्कृष्ट फार्म सञ्चालन गरी विभिन्न अनुसन्धान समेत यो कम्पनीले गरिरहेको छ ।
कृषि इकोसिस्टम विकास गर्नुपर्नेमा जोड दिँदै उनले त्यसका लागि किसान र उपभोक्ताबीचमा काम गर्ने बलियो र विश्वासिलो निजी क्षेत्र आवश्यक रहेको बताएका छन् । मुक्तिनाथ कृषि कम्पनीभित्र पनि विभिन्न सहायक कम्पनी खडा गरी काम भइरहेको उनको भनाइ छ ।
बाँकी कुराकानी भिडिओमा हेर्नुहोस–
FACEBOOK COMMENTS