काठमाडौं । मुक्तिनाथ विकास बैंकले दिगो विकासमा टेवा पुग्ने उद्देश्यले ग्रीन हाइड्रोजन इन्धनका अनुसन्धानका लागि काठमाडौं विश्वविद्यालयसँग सहकार्य गरेको छ ।
एक कार्यक्रम बीच बैंकले काठमाडौं विश्वविद्यालय अन्तर्गत रहेको ग्रीन हाइड्रोजन ल्याबलाई अनुसन्धानका लागि आर्थिक सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. भोला थापा, ग्रीन हाइड्रोजन ल्याबका प्रमुख डा. बिराज सिंह थापा तथा दुबै संस्थानका अन्य कर्मचारीहरुको उपस्थिति थियो । हाल ग्रीन हाइड्रोजन ल्याबले ग्रीन हाइड्रोजन फर थर्मल हिटका लागि अनुसन्धान गर्ने छ ।
FACEBOOK COMMENTS