काठमाडौं । मुक्तिनाथ विकास बैंकले नेपाल महिला उद्यमी महासंघको २१औं वार्षिक साधारण सभाको अवसरमा महासंघमा आबद्ध महिला उद्यमीहरूका लागि वित्तीय साक्षारता कार्यक्रम सञ्चालन गरेको छ ।
कार्यक्रममा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत समीरशेखर बज्राचार्य र मार्केटिङ विभागका प्रमुख विनयरत्न शाक्यले सहजीकरण गरेका थिए । कार्यक्रममा महिला उद्यमीहरूले बैंकिङ कारोबार र सेवा सुविधासम्बन्धी राखेका विभिन्न जिज्ञासाहरूलाई बैंकका तर्फबाट स्पष्ट पारिएको थियो ।
महासंघकी अध्यक्ष शोभा ज्ञवालीले कार्यक्रमबाट महिला उद्यमीहरूलाई बैंकिङ कारोबार गर्न प्रोत्साहन मिल्नुका साथै बैंकको सेवा सुविधाबारे जानकारी र सहभागीहरूका जिज्ञासाहरू स्पष्ट भएकाले आगामी दिनमा बैंकबाट कर्जा उपयोग गर्न सहज हुने बताइन् । कार्यक्रममा महासंघका तर्फबाट १५० जना महिला उद्यमीहरू सहभागी भएका थिए ।
बैंकले ‘नेपालमै टिक्न सजिलो छ’ भन्ने मान्यता राख्दै साना तथा मझौला व्यापार-व्यवसायहरूलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जाहरू ल्याएको छ । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाका लागि ९८०१११००२२, कर्जा सेवाका लागि ९८०१११००२३) आदि जस्ता सेवाहरू बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।
FACEBOOK COMMENTS