काठमाडौं । मुक्तिनाथ फाउण्डेशनले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
२०७८ असोज १ गते दर्ता भएको यो संस्थाले संस्थाका उद्देश्यभित्रका लक्षित वर्गका व्यक्ति तथा समुदायलाई सबलीकरण गर्न एक सशक्त सामाजिक संस्थाको रूपमा कार्य गर्दछ ।
सामाजिक क्षेत्रमा विभिन्न किसिमका सामाजिक कार्यहरू गर्दै आएको यस संस्थाको तेस्रो वार्षिकोत्सवको अवसरमा बृहत् रक्तदान कार्यक्रम तथा निःशुल्क दन्त परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
तेस्रो वार्षिकोत्सवमा आयोजित रक्तदान कार्यक्रममा ५५ पोका रगत संकलन भएको छ भने ४८ जनाले निःशुल्क दन्त परीक्षण सेवा लिएका छन् । रक्तदान कायक्रमलाई केन्द्रीय रक्तसञ्चार केन्द्रले र दन्त परीक्षण सेवाका लागि कान्तिपुर डेन्टल अस्पतालले प्राविधिक सहयोग गरेको थियो ।
सो अवसरमा संस्थाका अध्यक्ष भरतराज ढकालले १० हजार रूपैयाँ, सञ्चालक सीताराम काफ्लेले १० हजार रूपैयाँ तथा सञ्चालक रामप्रसाद पोख्रेलले १५ हजार रूपैयाँ संस्थालाई आ-आफ्नो जन्मोत्सवको उपलक्ष्यमा आर्थिक सहयोग गरेका छन् ।
FACEBOOK COMMENTS