काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्म मल्टीपर्पस फाइनान्स कम्पनीको नाफा १३६.११ प्रतिशतले बढेर २ करोड ३ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको ८६ लाख १६ हजार रुपैयाँ रहेको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै खुद नाफामा सुधार आएको छ । कम्पनीले ४ करोड ८३ लाख रहेको खुद ब्याज आम्दानी बढेर ९ करोड २ लाख रुपैयाँ पुगेको छ । सञ्चालन नाफा २००.१९ प्रतिशतले बढेर २ करोड ६८ लाख रुपैयाँ पुगेको छ ।
६१ करोड २ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ६ करोड २९ लाख रुपैयाँ जम्मा छ । कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ०६ पैसा रहेको छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ ९१ पैसा रहेको छ भने नेटवर्थ ११४.५ रुपैयाँ रहेको छ । उकस्ररधधध।लभउबष्उिबष्कब।अयmरलभधक(मभतबष्रिठद्दद्दछढ
FACEBOOK COMMENTS