काठमाडौँ । चाडबाडको नजिकीदै गर्दा मूल्य बढाएको भन्दै आलोचनापछि सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी गरेको छ । यस विषयमा सम्बन्धित निकायलाई बोलाएर छलफल गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद्को आकस्मिक बैठक समेत बोलाएका हुन्।
‘पेट्रोलियम पदार्थलाई स्वचालित मूल्य प्रणालीमा लिनु पर्छ भन्ने सरोकारवाला निकायहरूको समेत सुझावको नेपाल आयल निगमले केही महिना अघि देखी स्वचालित मूल्य प्रणाली लागू गरेको थियो। तर केही समय यता अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ (एलपीजीसमेत) मा मूल्यवृद्धि भएको र सोही अनुसार नेपाल आयल निगमले मूल्यवृद्धि गरेको देखियो,’ प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ,
नेपाल आयल निगमले शनिबार पेट्रोलको मूल्य प्रतिलिटर २ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको थियो । यस्तै हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ८ तथा हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ६० प्रतिलिटर (करिब ८ रुपैयाँ) बढाएको छ ।
FACEBOOK COMMENTS