काठमाडौं, १३ भदौ । नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधनको रटान दिइरहेका विशिष्ठ सदस्य पशुपति मुरारका यतिबेला तनावमा परेका छन् ।
पछिल्लो समय महासंघको विद्यमान विधान आफ्नो प्रतिकुल हुने भएपछि उनी विधान संशोधन गरेर आफू र आफ्नो समूह अनुकुलको बनाउन मरी मेटेर लागिरहेका छन् । तर, हिजो शनिबार यसैसम्बन्धी छलफल गर्न उनले बोलाएको मिटिङमा आफ्नै भनिएकाहरू उपस्थित नभएपछि उनी यतिबेला तनावमा रहेको स्रोतको भनाइ छ ।
एक कार्यकाल महासंघको नेतृत्व गरिसकेका मुरारका अझै पनि महासंघमा आफ्नो प्रभुत्व जमाइराख्न चाहान्छन् । त्यसैका लागि विधान संशोधनको एकोहोरो रटानमा उनी छन् । सोही विषयमा छलफल गर्न मुरारका स्वयम्ले शनिबार मिटिङ बोलाएका थिए । उक्त मिटिङमा डीबी बस्नेत र सरोज श्रेष्ठबाहेक आफ्ना भनिएका अन्य कोही पनि व्यक्तित्व उपस्थित नभएपछि विधान संशोधनको ‘मुरारका हठ्’ नै तुहिने अवस्थामा पुगेको छ ।
मुराकाले वर्तमान अध्यक्ष शेखर गोल्छालाई कठपुतलीझैं नचाए पनि महासंघका अरु पदाधिकारीहरु नाच्नेवाला नदेखेपछि उनी थप तनावमा परेको स्रोतको दाबी छ । त्यसैले मुराकाले बोलाएको मिटिङमा प्रदेश अध्यक्ष जिल्ला अध्यक्ष र वस्तुगत अध्यक्षहरूको समेत उपसस्थति रहेन । मुरारकाले बनाएको विधान संशोधन समितिले बाँडेको पत्रमा पनि सबै जिल्ला नगरहरुले यस्तो गहन विषयको छलफल गर्ननै ५० प्रतिशत सदस्यको भेला हुनपर्ने राय पठाएका छन् ।
यस्तो अवस्थामा उनी एक्लैले चाहेर विधान संशोधन गर्न सक्ने अवस्था छैन । तर, मुरारकाले उठाएको संशोधनको बेमौसमी मुद्दाका कारण महासंघका अध्यक्ष शेखर गोल्छा र महासंघ समेत निकम्मा र असफल सावित भएको छ । महासंघको विधानमा महत्वपूर्ण हेरफेर गर्ने र वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान हटाउन पशुपति मुरारकाको समूहले खेल खेलिरहेको छ । सोही खेललाई साथ दिएर महासंघमा गोल्छा आफै पूर्ण असफल सावित हुँदै गएका छन् ।
वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष अध्यक्ष हुने प्रावधान तत्कालीन अध्यक्ष भवानी राणाको पालामा पनि केही व्यक्तिले उठाएका थिए । तर, त्यसबखत भर्खरै बनेको नियमलाई विश्वास गर्नपर्ने र त्यस्तो प्रावधान हटाउन नेतृत्व असफल भएको हुनपर्ने चुनौती निवर्तमान अध्यक्ष राणाले दिएपछि त्यो योजना सफल हुन सकेको थिएन ।
संशोधिन विधानबमोजिमको राणा नेतृत्वको कार्यकाल पूर्ण रूपमा सफल भएकाले छोटो समयमा नै पुनः संशोधन गरेर उल्ट्याउन खोजिएको विधान संशोधन हुन पाएको थिएन । त्यसबेला मुरारका समूह उक्त विधान संशोधनको विपक्षमा थियो । तर, अहिले आफ्नो प्रतिकुल भएको महसुश गरी पुनः विधान संशोधनको रटान दिँदै आएको छ ।
यो पनि पढ्नुहोस्–
FACEBOOK COMMENTS