काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले जेठ २६ गतेका लागि पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको हो ।
कम्पनीको बैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले सभा होटल अकामा धुम्बाराही काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आह्वान गरेको हो ।
सभाले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने छ ।
कम्पनीले प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडसँग एक आपसमा मर्जरमा गए पश्चात बन्ने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट जीवन बीमा ब्यवसाय गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।
FACEBOOK COMMENTS