काठमाडौं । मुस्ताङ जिल्लामा आयोजित उद्योगी व्यवसायीहरुको भेलाले राजु प्रसाद लालचनको अध्यक्षतामा मुस्ताङ उद्योग वाणिज्य संघको तदर्थ समिति पनि गठन गरेको छ ।
समितिको सचिवमा तिलक वि.क.,कोषाध्यक्षमा विष्णु शेरचन सदस्यहरुमा गणेश शेरचन, योगेश शेरचन,विनोद विसी र निशान तुलाचन रहनु भएको छ ।
यस्तै भेलाले जिल्ला अन्तरर्गतका चारवटा पालिकाका एक एक जना प्रतिनिधिलाई सदस्यमा मनोनित गर्ने निर्णय पनि गरेको छ ।
मुस्ताङ जिल्ला उद्योग वाणिज्य संघका तत्कालिन अध्यक्ष खगेन्द्र तुलाचनले पदबाट राजिनामा दिएपछि लामो समय देखि जिल्लामा महासंघको नयाँ कार्यसमिति गठन हुन सकको थिएन ।
नेपाल उद्योग वाणिज्य महासंघका गण्डकी प्रदेश अध्यक्ष अमृत प्रसाद भट्टचनको अध्यक्षता तथा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यमा शुक्रवार जोमसोममा सम्पन्न भेलाले तदर्थ समिति गठन गरेको हो ।
तदर्थ समितिलाई बधाई तथा शुभकामना दिंदै अध्यक्ष ढकालले व्यवसायिहरुका हित तथा स्थानीय उत्पादनको बजाकिरण गर्दै अर्थतन्त्र चलायममान बनाउन तदर्थ समितिले प्रभावकारी भूमिका निर्वाह गर्ने
अपेक्षा गरेको बताउनु भयो । अध्यक्ष ढकालले स्थानीय उत्पादनहरूको बजारीकरण गर्न आग्रह गर्दै त्यसका लागि महासंघ सहयोग गर्न तयार रहेको बताउनु भयो ।
यसैबीच अध्यक्ष ढकालले मुस्ताङको कोराला नाकालाई त्रिदेशीय व्यापारको केन्द्रका रुपमा विकास गर्नुपर्ने बनाउनु भएको छ । उहाँले गण्डकी प्रदेश तथा स्थानीय उद्योगी व्यवसायीहरुसंग जोमसोममा भएको
अन्तरक्रिया तथा छलफलका क्रममा सो धारणा राख्नु भएको हो । कालीगण्डकी करिडोरको निर्माण कार्य पूरा भएपछि यो नाका नेपाल, चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो मार्ग बन्ने भएकाले सो नाकालाई पर्यटन तथा आर्थिक अवसरका रूपमा विकास गर्न सकिने उहाँको धारणा थियो ।
“ कालीगण्डकी करिडोरको निर्माण पूरा भएपछि यो नाका नेपाल, चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो मार्ग बन्नेछ । त्रिदेशीय व्यापार, पर्यटन र आर्थिक अवसरका रूपमा यो नाकाको विकास गर्न सकिने हाम्रो विश्वास छ । उहाँले भन्नुभयो, करिडोरको निर्माण छिटो सम्पन्न गर्न र कोरला नाकालाई व्यवस्थित तथा दिगो ढंगले सञ्चालन गर्न सरकार तथा सम्बन्धित निकायहरूसँग म आग्रह गर्दछु । यसमा निजी क्षेत्रबाट आवश्यक सहयोग र सहकार्य प्रति महासंघ प्रतिबद्ध छ । ”
नेपाल–चीन सीमास्थित कोरला नाकाको अवस्था तथा यसको सम्भाव्यताको अध्ययन र अवलोकनका लागि महासंघका अध्यक्ष ढकाल सहित गण्डकी प्रदेश अध्यक्ष प्रदेशअन्तर्गतका जिल्ला उद्योग वाणिज्य संघका अध्यक्षहरूको टोली जोमसोम पुगेको हो ।
FACEBOOK COMMENTS