काठमाडौं । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालित २ वटा म्युचुअल फन्डको बुक क्लोज गर्ने मिति तय भएको छ ।
इकाईधनीलाई प्रतिफल घोषणा गरेका ‘प्रभु सेलेक्ट फन्ड’ र ‘प्रभु स्मार्ट फन्ड’ को बुक क्लोज हुन लागेको हो । दुवै फण्डले असोज १४ गते सोमबार बुक क्लोज गर्दैछन् । असोज १३ गतेसम्म कायम रहेका इकाईले मात्र प्रतिफल पाउन सक्नेछन् ।
गत वर्षको नाफाबाट प्रभु सेलेक्ट फन्डले इकाईधनीहरुलाई करसहित १० प्रतिशत र प्रभु स्मार्ट फन्डका इकाईधनीलाई कर सहित ८.५० प्रतिशत नगद प्रतिफल दिने जनाएका छन् ।
FACEBOOK COMMENTS