काठमाडौं । मुक्तिनाथ क्यापिटलले आजदेखि मुक्तिनाथ म्युचुअल फन्ड अन्तर्गतको ‘मुक्तिनाथ म्युचुअल फन्ड १’ निष्कासन गरेको छ । कम्पनीले प्रतिइकाई १० रुपैयाँका दरले १० करोड इकाई निष्कासन गरेको हो ।
फण्डले १५ करोड रुपैयाँको इकाई मुक्तिनाथ विकास बैंक तथा मुक्तिनाथ क्यापिटलले किन्ने छ । बाँकी ८५ करोड रुपैयाँको ८ करोड ५० लाख इकाई सर्वसाधारणको लागि निष्कासन गरेको छ ।
यसमा न्यूनतम १०० देखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर दिन सकिने छ । यसमा मंसिर २४ गतेसम्म आवेदन दिन सकिनेछ । यो अवधिमा माग अनुसार आवेदन नभएमा पुस ९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS