काठमाडौं । आरबीबी मर्चेन्ट बैंकिङले आजदेखि म्युचुअल फन्ड इकाई निष्कासन गरेको छ ।
आरबीबीले ‘आरबीबी म्यचुअल फन्ड–२’ निष्कासन गरेको हो । १२ करोड इकाईमा १ करोड ८० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंकलाई सुरक्षित गरेको छ । बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणलाई निष्कासन गरेको छ। जसमा न्यूनतम १०० देखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।
यसमा प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिनुपर्नेछ । यसमा वैशाख २१ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा माग अनुसार आवेदन नपरेमा वैशाख ३१ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत दिन सकिने छ ।
FACEBOOK COMMENTS