काठमाडौं । सिटिजन्स क्यापिटलले आजदेखि ’सिटिजन्स सदाबहार योजना’ को इकाई निष्कासन गरेको छ ।
क्यापिटलले सर्वसाधारणलाई प्रतिइकाई १० रुपैयाँका दरले निष्कासन गरेको हो । यसको ५ करोड इकाईमध्ये ७५ लाख इकाई कोष प्रवद्र्धक सिटिजन्स बैंकलाई सुरक्षित गरिएको छ । बाँकी ४ करोड २५ लाख इकाई सर्वसाधारणलाई छुट्याइएको छ ।
लगानीकर्ताले न्यूनतम १०० देखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । आवेदन असार १७ गतेसम्म दिन सकिनेछ ।
उक्त समयसम्म माग अनुसार आवेदन नपरेमा असार २७ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन सी आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
FACEBOOK COMMENTS