काठमाडौं । भोली (२१) गतेदेखि म्युचुअल फण्डहरुले आईपीओको सेयर ६ महिनासम्म बेच्न नपाउने भएका छन् ।
नेपाल धितोपत्र बोर्डले म्युचुअल फण्डहरुलाई सेयर निष्काशन तथा बाडफाँट गरेको ६ महिनासम्म त्यस्तो सेयर बेच्न वा नामसारी गर्न नपाउने व्यवस्था गरेको छ ।
तर म्युचअल फण्डहरुको योजना अवधी नै समाप्त हुने वा योजना खारेज हुने अवस्थामा भने ६ महिनाको व्यवस्था लागु नहुने बोर्डले जनाएको छ ।
अहिले सार्वजनिक निष्काशन हुने कम्पनीहरुको निष्काशनको ५ प्रतिशत सेयर म्युचुअल फण्डहरुले पाउँदै आएका छन् । त्यस्तो सेयर सूचिकृत हुने वित्तिकै बेचेर फण्डहरु बजारबाट बाहिरिन थालेपछि बोर्डले यस्तो व्यवस्था गरेको जनाएको छ ।
FACEBOOK COMMENTS