काठमाडौं । एनआइबीएल स्टेबल फन्ड बिक्री नभएपछि आवेदन दिने म्याद थप गरेको छ ।
एनआइएमबि एस क्यापिटल लिमिटेडले माघ २ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एनआईबिएल स्टेबल फण्डको इकाईका लागि आवेदन दिने म्याद थप भएको हो ।
अब उक्त फण्डको इकाईका लागि अब माघ १६ गतेसम्म आवेदन दिन सकिने भएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको कुल १० करोड इकाई बिक्री खुला गरेको हो । यो बन्दमुखी योजना हो ।
कुल निष्कासन हुने इकाइमध्ये १० लाख इकाई योजना व्यवस्थापक एनआइएमबी एस क्यापिटललाई छुट्याइएको छ । यो निष्कासन गरिने कुल इकाईमध्येको एक प्रतिशत हो ।
यस्तै, १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई सुरक्षित गरेको छ भने बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।
लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने छन् । फन्डको बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS