काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको मंगलबार-बुधबार काठमाडाैं हुदैंछ । निर्वाचनपछि महासंघको २०औँ अध्यक्षकारुपमा हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल हुनेछन् । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान रहेकाे छ । सोहीअनुसार वरिष्ठ उपाध्यक्ष पदमा तीन जना व्यवसायी प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् ।
अहिले काठमाडाैंका हाेटल तथा विभिन्न स्थानमा देशभरका उद्याेगी व्यवासहिकाे निर्वाचनले तातिरहेकाे छ । त्यसमध्यको एक आकाङ्क्षी अन्जन श्रेष्ठ प्यानलबाट जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा अरुणराज सुमार्गीले उम्मेदवार बनेका छन् । हेटाैंडाका सफल व्यवसाहिका रूपमा चिनिएका सुमार्गीले यस भन्दा अघिका उम्मेदवारहरुले जिल्ला नगरलाई चुनावको बेलामा समिझने गरेको बताए ।
सुमार्गीले पहिला–पहिला जिल्लाबाट आएका व्यक्तिहरुलाई महासंघले उपाध्यक्ष पदको उम्मेदवार हुन नदिने गरेको पनि बताए । सुमार्गीले जिल्ला नगरलाई महासंघसंग जोड्न, आपसी भाइचारको सम्बन्ध बढाउनको लागि आफुले उम्मेदवारी दिएको बताए । प्रस्तृत छ, उनै सुमार्गीसंग आसन्न निर्वाचनका तयारीका बारेमा कर्पाेरेट खबरले गरेकाे कुराकानीकाे सम्पादीत अंश ।
भिडियाे
FACEBOOK COMMENTS