काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सचिवमा दान राज पन्त नियुक्त भएका छन् ।
श्रावन ८ गते बसेको संस्थाको १९० औँ सञ्चालक समितिको बैठकले कम्पनीको सचिवमा बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पन्तलाई नियुक्त गरेको कम्पनीले जनाएको छ ।
सोमबार देखि लागु हुने गरी कम्पनीको सचिवपदमा पन्तलाई नियुक्त गरेको प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले जानकारी दिए ।