बैंकक । म्यानमारको उत्तरी शान राज्यमा भएको सैन्य हवाई आक्रमणमा ११ सर्वसाधारणको मृत्यु र ११ जना घाइते भएको जुन्तासँग लडिरहेको जातीय सशस्त्र समूहका प्रवक्ताले शुक्रबार बताएका छन् ।
‘सेनाले शुक्रबार स्थानीय समयानुसार करिब राति एक बजे नम्हकम शहरका दुईवटा क्षेत्रमा बमबारी गर्याे,’ ताआङ नेसनल लिबरेसन आर्मी (टीएनएलए) का ल्वे याय ऊले भने ।
आक्रमणमा स्थानीय राजनीतिक दलको एउटा कार्यालय क्षतिग्रस्त भएको छ ।
नम्हकम चीनको युनान प्रान्तको सीमाबाट करिब पाँच किलोमिटर टाढा छ । गत वर्ष धेरै साताको लडाइँपछि टीएनएलएका लडाकुहरूले उक्त शहरलाई नियन्त्रणमा लिएको दाबी गरेका थिए ।
सामाजिक सञ्जालमा राखिएका तस्बिरहरूमा मानिसहरूले भग्नावशेषबाट घाइते एक युवकलाई बोकेर लैजाँदै गरेको देखाइएको थियो ।
एउटा भिडिओमा धेरै भवन क्षतिग्रस्त भएको देखाइएको छ । एएफपी संवाददाताहरूले उक्त भिडिओ नम्हकम साइटमा जियोलोकेसन गर्दै उक्त लोकेसेन कहिल्यै अनलाइन देखा नपरेको बताएका छन् ।
FACEBOOK COMMENTS