काठमाडौं । नबिल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
बैंकले गत आवको नाफाबाट दिने लाभांश पारित गर्न मंसिर २७ गते ४० औं वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनका लागि मंसिर १० गते १ दिन बुक क्लोज गर्ने जनाएको छ।
आजसम्म कायम रहेका सेयरधनीले बैंकको साधारण सभामा भाग लिन र लाभांश पाउने छन् ।
बैंकले गत आर्थिक वर्ष २०८०-८१ को नाफाबाट सेयरधनीहरुलाई करसहित १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । नगद लाभांश साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीले पाउनेछन् ।
FACEBOOK COMMENTS