काठमाडौं । नबिल बैंकले बैंकको नाममा रहेको आधिकारिक फेसबुक पेजबाट पोष्ट गरिएका सूचना, जानकारी र सन्देशहरूमात्रै विश्वास गर्न ग्राहकहरूलाई अनुरोध गरेको छ ।
बैंकको नामबाट फेक एकाउन्ट बनाएर विभिन्न भ्रामक र असत्य सूचनाहरू प्रवाह गरिरहेको पाइएको भन्दै बैंकले आफ्ना ग्राहकरूलाई सचेत रहन आग्रह समेत गरेको छ ।
‘नबिल बैंकको नाममा फेक एकाउन्ट ‘नबिल बैंक’ बनाएर ग्राहकवर्ग एवम् जनसमुदायहरूलाई नगद उपहार परेको जस्ता भ्रामक सूचना प्रवाह भइरहेको हुँदा नबिल बैंक लिमिटेडको एकमात्र आधिकारिक (भेरिफाइड एकाउन्ट) ब्ल्यू टिक ‘नबिल बैंक’ भएको पेजबाट पोस्ट भएका सूचना र जानकारीहरूलाई मात्रै आधिकारिक मान्न जानकारी गराउँदछौँ,’ बैंकले भनेको छ ।
FACEBOOK COMMENTS