काठमाडौं । नविल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्ञानेन्द्र प्रशाद ढुंगानाले अर्थतन्त्रले सुधारको गति नलिए अर्को वर्ष बैंकहरुले लाभांश दिन नसक्ने बताएका छन् ।
सिईओ ढुंगानाले महिला आर्थिक पत्रकार संघ (फेजा) ले आयोजना गरेको नीतिगत बहस कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
विगतमा कहिल्यै नदेखिएको समस्या अहिले अर्थतन्त्रमा देखिएको र त्यसको प्रभाव बैंकमा परेको उनको भनाई छ ।
उनले भने, ‘अहिले बजारमा खरिदबिक्रि देखि उधारो उठ्ने काम सुस्ताएको र समग्र अर्थतन्त्रमा नै समस्या आएको हो । जसले गर्दा बैंकको रिकभरीमा असर गरेको छ । जसले गर्दा अर्थतन्त्रमा सुधार नभएमा बैंक तथा वित्तीय संस्थाहरुले थप समस्या झेल्नुपर्ने अवस्था आउँने छ ।’
अहिले मुलुकमा पुजीँगत खर्च बढाउने भन्दा पनि बजेट घटाउने परिपाटी सहि नभएको उनले बताए । यसले अर्थतन्त्र सकरात्मक गतिमा नजाने उनको भनाई छ । साधारण खर्चकै लागि ऋण उठाउनु पर्ने स्थितिले अर्थतन्त्र सहज नभएको हो ।
FACEBOOK COMMENTS