काठमाडौँ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुङ्गानाले राजीनामा दिएका छन् । नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्तिको प्रक्रिया सुरु हुनुअघि ढुङ्गानाको राजीनामा आएको हो ।
आफूले आइतबारदेखि लागू हुनेगरी राजीनामा दिइसकेको उनले पुष्टि गरे । ढुङ्गानालाई आगामी गभर्नरका दाबेदार मानिएको छ ।
सरकारले हिजो (सोमबार) को मन्त्रिपरिषद् बैठकबाट राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ ।
FACEBOOK COMMENTS