काठमाडौं । नबिल बैंकले कोशी प्रदेशको तेह्रथुम जिल्लाको छथर गाउँपालिका स्थानीयलाई उद्यमशीलता विकास तालिम दिइएको छ ।
राष्ट्रिय युवा परिषद्, छथर गाउँपालिका र नबिल बैंकबीच भएको त्रिपक्षीय समझदारी अनुसार बैंकले एक साता तालिम दिएको हो ।
स्थानीय युवा, महिला, विपन्न वर्ग तथा उद्यमी बन्न इच्छुक स्थानीय व्यक्तिहरूलाई साथ दिन तालिम सहयोगी हुने अपेक्षा राखिएको छ ।
उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पु¥याइ देश भित्रै उद्यम प्रवर्द्धन तथा रोजगारी सृजनाद्वारा दिगो आर्थिक विकासमा योगदान गर्ने लक्ष्यका साथ यो तालिम दिइएको बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS