काठमाडौं । नेपाली बैंकिङ क्षेत्रको पहिलो निजी व्यावसायिक बैंक नबिल बैंकले ग्राहकको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै विभिन्न आकर्षक सेवा तथा सुविधा प्रदान गर्दै आएको छ ।
व्यावसायिक कर्जा, घर कर्जा तथा विभिन्न उमेर समूहलाई लक्षित बचत खातामार्फत नबिल बैंक ग्राहकको पहिलो रोजाइ बन्न सफल हुँदै आएको छ ।
वार्षिक उत्सव तथा विशेष अवसरहरूमा बैंकले समय–समयमा नवीन योजना सार्वजनिक गर्दै आएको छ । यही क्रममा नबिल बैंकले महिलालाई लक्षित गर्दै ‘नबिल स्मार्ट नारी घर कर्जा’ योजना ल्याएको छ ।
यदि कुनै महिलाले आफ्नै नाममा घर बनाउने वा खरिद गर्ने योजना बनाइरहनुभएको छ र बजेट व्यवस्थापन कसरी गर्ने भन्ने चिन्तामा हुनुहुन्छ भने अब ढुक्क हुन सक्नुहुन्छ । महिलाहरूको घरजग्गा स्वामित्वमा पहुँच बढाउन र आर्थिक रूपमा आत्मनिर्भर बनाउन उद्देश्यले नबिल बैंकले यो योजना सार्वजनिक गरेको हो ।
यस योजनाअन्तर्गत महिला आवेदकले घर खरिद, निर्माण वा मर्मतका लागि सहज रूपमा कर्जा लिन सक्नेछन् । ‘नबिल स्मार्ट नारी घर कर्जा’ मार्फत आफ्नो घर बनाउने सपना साकार पार्न सकिने बैंकको विश्वास छ ।

कति कर्जा लिन पाइन्छ ?

यस योजना अन्तर्गत महिलाले न्यूनतम ७ लाख रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँसम्म कर्जा लिन सक्ने व्यवस्था गरिएको छ । कर्जा मात्र ०।५ प्रतिशत प्रिमियम ब्याजदरमा उपलब्ध हुनेछ ।

ऋणीले आफ्नो क्षमता अनुसार कर्जाको किस्ता रकम छान्न सक्ने सुविधा दिइएको छ । साथै, कर्जा लिँदा कुनै पनि प्रकारको पूर्वभुक्तानी शुल्क तिर्नु पर्दैन, जसले गर्दा ग्राहकलाई थप सहजता मिल्नेछ ।

यस योजनाअन्तर्गत कर्जा लिने ग्राहकले जीवनभर नि:शुल्क क्रेडिट कार्ड समेत प्राप्त गर्न सक्नेछन्, जसबाट दुई लाख रुपैयाँसम्मको सुविधा लिन सकिने व्यवस्था गरिएको छ ।

यो कर्जा नबिल बैंकको देशभर रहेका कुनै पनि शाखाबाट प्राप्त गर्न सकिनेछ । थप जानकारीका लागि नजिकैको नबिल बैंक शाखामा सम्पर्क गर्न सक्नुहुनेछन् ।
FACEBOOK COMMENTS