काठमाडोैं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले एलसी मार्जिनमा व्याज प्रदान गर्न तथा कर्जाको व्याज घटाउन नेपाल राष्ट्र बैंङ्कलाई आग्रह गरेको छ ।
आज बिहीबार पत्रचारमार्फत हालै नेपाल राष्ट्र बैङ्कले जारी गरेको निर्देशिकामा सवारी साधन लगायत अटोमोवाइल स्पेयर पार्टसहरुको आयातका लागि एल्सी खोल्दा न्युनतम मार्जिनको सीमा ५ प्रतिशतबाट बृद्धि गरेर ५० देखि १०० प्रतिशतसम्म कायम गरिएको सन्दर्भको विषय लिएर नाडाले बैंङ्कसँग व्याज घटाउन आग्रह गरेको हो ।
यस्तो व्यवस्थाले सवारी साधन लगायत स्पेयर पार्टसहरुको सहज आपूर्ति व्यवस्थामा समस्या हुनुका साथै त्यसले सवारी साधन तथा स्पेयर पार्टसहरुको मूल्य समेत बढन गई उपभोक्ताहरुलाई समेत असर पर्ने नाडाले बताएको छ ।
नाडाले एलसी मार्जिन पुरानो अनुसार नै कायम गर्ने र उक्त व्यवस्था तत्काल परिमार्जन गर्न संभव नभएमा व्यवसायीहरुले एलसी मार्जिनका लागि राखेको उक्त धरौटी रकममा बैंङ्क तथा वित्तिय संस्थाहरुले व्याज प्रदान गर्ने व्यवस्थाका लागि नेपाल राष्ट्र बैंङ्कबाट निर्देशन जारी गर्न समेत माग गरेको छ ।
नेपालका बैङ्क तथा वित्तिय निकायहरुले निक्षेपको व्याजदर बढाउने निर्णयसंगै स्वभाविक रुपमा कर्जाको व्याजदर पनि बढाउने भएकोले यसमा पुर्नविचारका लागि पनि नाडाले बैंकलाई अनुरोध गरेको बताएको छ ।
वित्तिय निकायहरुले व्याजदर बढाउदा कोरोना महामारीबाट भर्खर पुनरुत्थानतर्फ बढदै गरेको औद्योगिक तथा व्यावसायिक क्षेत्रलाई ठूलो मार पर्ने नाडाका अध्यक्ष धुव्र थापाले बताएका छन् । थापाले उद्योग व्यवसायलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन सरकारबाट सहयोगको अपेक्षा भइरहेको बर्तमान समयमा यस्तो नीतिले थप समस्या मात्र ल्याउने नभई बर्तमान तरलता समस्याको समाधान समेत नहुने जिकिर गरेका छन् ।
FACEBOOK COMMENTS