काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीले अटो क्षेत्रलाई अझ मूल्यांकन गर्नुपर्ने बताएका छन् । आइतबार एसोसिएशनको ४८ औं वार्षिक साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
पछिल्लो समय देखिएको आर्थिक अवस्थाले अटो मोबाइल्स संकटतर्फ धकेलिएको हो कि भन्नेमा पुगेको बताए । उनले भने, ‘एक लाख बढी जनशक्ति र १० लाख अप्रत्यक्ष रोजगार दिएको, यो पनि संकटमा देखिन्छ । त्यतातिर सोच्ने कि नसोच्ने ?’
देशको राजस्वमा संकलनमा २१ प्रतिशत योगदान यो क्षेत्रको रहेको भन्दै अहिले आर्थिक मन्दीले घट्दो क्रममा छ यसले कति संकट भने देखाएको उनको भनाइ छ।
उनले भने, ‘मौद्रिक नीतिले अटोलाई पूरै बायस गरेको देखियो, यसलाई गम्भीर रूपमा नलिने हो भने अटो क्षेत्र विलीन हुन सक्ने अवस्था आउने छ ।’
सरकारले अटोलाई प्रोत्साहन गर्न पुनः एक पटक दीर्घकालीन रणनीति ल्याउनुपर्ने उनको भनाइ छ ।
अब विद्युतीय सवारीसाधनको विकल्प नरहेकाले यसलाई अझ प्रोत्साहन गर्नुपर्ने उनले बताए ।
FACEBOOK COMMENTS