काठमाडौं । नाडा अटोमोवाइल्स एसोसिएशन अफ नेपालले विद्युतीय सवारी साधनमा भएको महसुल बृद्धिबारे नाडाले भोलि आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ ।
नाडाले भोलि मंगलबार होटेल साल्टीमा विशेष पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गर्ने बताएको छ । नाडाले मंगलबार बिहान साढे ११ बजे पत्रकार सम्मेलन आयोजना गरिएको नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले जानकारी दिए ।
नाडाले यसअघि आगामी आर्थिक वर्ष २०७९/८० का लागि सरकारले ल्याएको बजेटप्रति मिश्रित प्रतिक्रिया जनाइसकेको छ । एसोसिएशनले साना क्षमताका विद्युतीय र कम्बसन इन्जिन भएका सवारीसाधनलाई व्यवस्था गरिएको भन्सार महसुल स्वागतयोग्य भए पनि १०० किलोवाट क्षमता भन्दा बढीका विद्युतीय तथा २०० सीसी भन्दा माथिका कम्बसन इन्जिन भएका मोटरसाइलहरूमा गरिएको अन्तःशुल्क बृद्धिप्रति आपत्ति जनाएको छ ।
यो पनि पढ्नुहोस्–
बजेटबारे नाडाको प्रतिक्रिया : हाम्रा लागि बजेट मिश्रित रह्यो
‘नाडा अटो–शो, २०२२’ का लागि लागि रजिष्ट्रेशन खुला, कहिले हुँदैछ प्रदर्शनी ?
FACEBOOK COMMENTS