काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकाे प्रमुख आतिथ्यतामा आजदेखि काठमाडौंमा पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन शुरू भएको छ।
फागुन २७ गतेसम्म चल्ने यो सम्मेलनमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) वित्तीय सहयोगीका रूपमा सहभागी भएको छ। सम्मेलन नाडा पहिलोपटक जोडिएको हो।
सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभीटी) र नाडाबीच अटोमोवाइल क्षेत्रमा रोजगारमूलक छोटो अवधिको तालिम सञ्चालन र प्रशिक्षार्थीहरूलाई रोजगारी सुनिश्चित गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ। नाडाका अध्यक्ष करण चौधरीले हस्ताक्षर गरेको यो समझदारीले सरकार र निजी क्षेत्रबीच समन्वयको अपेक्षा गरिएको छ।
अध्यक्ष चौधरीले सम्मेलनमा अटोमोवाइल उद्योगमा सीप विकास र रोजगारीका विषयमा नीतिगत सुझाव प्रस्तुत गरे। उनले नेपालको रोजगारी अवस्था, विदेशमा बसाइँसराइको प्रभाव, अटोमोवाइल क्षेत्रको योगदान र चुनौतीहरूबारे तथ्याङ्कसहित जानकारी दिए। सम्मेलनमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती र आमन्त्रित सदस्य नारायणप्रसाद पौडेल पनि उपस्थित थिए।
FACEBOOK COMMENTS