काठमाडौँ । नाडाले अटोमोवाइल एसोसिएसनले शीप तथा क्षमता विकास इकाई गठन गरेको छ । उपाध्यक्ष राजनबाबु श्रेष्ठको सभापतित्वमा ६ सदस्य इकाई गठन गरेको जनाएको छ ।
विद्युतीय सवारी साधनहरूको क्षेत्रमा कार्यरत प्राविधिकहरूको सीप र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ समेतको सहयोगमा नाडाले जेठ २४ र २५ गते दुई दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।
सुरुवाती चरणको उक्त कार्यशाला गोष्ठिमा विद्युतीय सवारी साधनहरु आयात गर्ने नाडाका सदस्य कम्पनीहरुबाट जम्मा ७ जना प्राविधिज्ञहरु सहभागी भएका थिए । नेपाल उद्योग वाणिज्य महासंघकोतर्फबाट महासंघका पाठयक्रम विकास विशेषज्ञ खेमराज काफलेले सो गोष्ठिमा मुख्य प्रशिक्षकको रुपमा प्रशिक्षण दिएका थिए ।
विद्युतीय सवारी साधनहरूको प्रयोग र महत्त्व दिन प्रतिदिन बढ्दै गएको प्रशिक्षणमा नाडाले पहिलो पटक त्यस किसिमको कार्यशाला गोष्ठी सम्पन्न गरेको हो ।
FACEBOOK COMMENTS