काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ । सर्वसम्मत कार्यसमिति चयन भएसंगै अब चुनाव नहुने निश्चित भएको छ ।
कार्यसमिति सदस्यमा साधारण सदस्यहरुको तर्फबाट सुरेन्द्रकुमार उप्रेती, मीलनबाबु मल्ल, दीपेन्द्र कुमार मिश्र, पंकज अग्रवाल, राजनबाबु श्रेष्ठ, कपिल शिवाकोटी, विक्रम सिंहानिया, नवराज भुसाल, आकाश गोल्छा, निराकार श्रेष्ठ, सुनिल रिजाल, प्रदिपमान प्रधान, संजयकुमार खेतान, सौरभ थापा, ऋद्धि कार्की, यमुना श्रेष्ठ र प्रकाश कपुरी निर्वाचित भएका छन् ।
त्यस्तै, संस्थागत सदस्यका तर्फबाट सञ्जयकुमार श्रेष्ठ (मोरङ अटोमोबाइल एसोसिएसन), तेज नारायण शाह (जानकी अटोमोबाइल एसोसिएसन), कुलबहादुर क्षेत्री (चितवन अटोमोबााइल एसोसिएसन) र कृष्णप्रसाद श्रेष्ठ (पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन), गणेशप्रसाद भट्टराई (लुम्बिनी अटोमोबाइल एसोसिएसन अफ नेपाल), भद्र भण्डारी (कर्णाली अटोमोबाइल एसोसिएसन), पुस्करराज ओझा (सुदुर पश्चिम अटोमोबाइल डिलर्स एसोसिएसन) कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् ।
FACEBOOK COMMENTS