काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले आज नयाँ कार्यसमितिको पदभार ग्रहण गरेको छ ।
गत मंसिर २३ गते सम्पन्न निर्वाचनबाट निर्वाचित अध्यक्षसहित कार्यसमिति सदस्यहरूले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण लगत्तै अध्यक्ष ध्रुव थापाले तीन जना सदस्यलाई मनोनित गरेका हुन् । मनोनित नयाँ सदस्यमा हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिका निर्देशक अभिमन्यू गोल्छा, स्याकार ट्रेडिङका जनरल मेनेजर सोहनलाल श्रेष्ठ र जगदम्बा मोटर्सका निर्देशक दीपक अग्रवाल रहेका छन् ।
मनोनित तीन वटै सदस्य मोटरसाइकल आयात तथा विक्री गर्ने कम्पनीका प्रतिनिधि हुन् । नाडाको विधान अनुसार १७ जना निर्वाचित सदस्य, ७ जना प्रदेशबाट निर्वाचित सदस्य र तीन जना मनोनित सदस्यसहित २७ जना सदस्य रहने व्यवस्था छ । नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष स्वतः कार्यसमिति सदस्य रहने छन् ।
साथै, नाडाले आजै पदाधिकारीको निर्वाचन पनि गर्ने तयारी गरेको छ । कार्यसमिति सदस्यहरू मध्ये ४ उपाध्यक्षसहित महासचिव, सचिव, कोषध्यक्ष र सहकोषाध्यक्ष चयन हुने छन् ।
त्यसैगरी, प्रदेश न. १ बाट सुभाष आचार्य, प्रदेश २ बाट तेजनारायण शाह (सन्तोष) वाग्मती प्रदेशबाट सुदेश कुमार श्रेष्ठ, गण्डकी प्रदेशबाट मोहनबाबु खडका, लुम्बिनी प्रदेशबाट, गणेशप्रसाद भट्टराई, कर्णाली प्रदेश भद्र भण्डारी, सुदुर पश्चिम प्रदेशबाट पुष्करराज ओझा सर्वसम्मत निर्वाचित भएका थिए ।
FACEBOOK COMMENTS