काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग भेटघाट गरेका छन् ।
उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले नेपालमा माल बाहक इन्डियन ट्रकलाई नेपालभित्र २४ घण्टाको मात्र समयावधि दिन आग्रह गरेका छन् ।
चौधरीले माल बाहक इन्डियन ट्रक ७२ घण्टासम्म नेपाल प्रवेश गर्नबाट रोक गरी भन्सार बिन्दुबाट अधिकतम १६ किमी सम्म मात्र सन्चालन गर्न दिने व्यवस्था गर्न आग्रह गरे ।
साथै, यसै छलफलका क्रममा नाडाका महासचिव सुरेन्द्र कुमार उपे्रतीले नेपाल भारतविच खुल्ला सीमानाको कारणले भारतबाट भारी मात्रामा अनधिकृत रुपमा लुव्रिकेण्टस, टायर तथा अटोमोवाइल स्पेयर पाट्र्सको आयात हुदै आएको बताए ।
उप्रेतीले अनधिकृत आयातका कारण व्यवसायमा टिकीरहन ज्यादै कठीन हुदै गईरहेकोले भन्दै सीमा क्षेत्रमा कडाईका साथ सुरक्षा दिन आग्रह गरे ।
छलफलको अन्त्यमा माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले सीमा नाकामा भईरहेको समस्याहरुबारे गहिरो चासो राख्दै यस्ता समस्याहरुको समाधानका लागि सरकारले आवश्यक पहल गर्ने बताए ।
उक्त छलफलमा नाडाका संस्थागत उपाध्यक्ष पुष्कर ओझा, कोषाध्यक्ष
मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्य समिति सदस्यद्धय ऋद्धि कार्की, नारायणप्रसाद पौडेल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।
FACEBOOK COMMENTS