काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल नाडा अटो शो मा दर्शकहरुको ऐतिहासिक सहभागिता भएको छ ।
शोमा र एक ऐतिहासिक उपलब्धि हासिल गरेको छ । यस वर्ष, केवल ३ दिनमै ७८ हजार ५१३ अवलोकनकर्ता सहभागी भइसकेका छन् । यो तथ्यांकले नेपाली जनतामा अटो शो प्रतिको बढ्दो उत्साह, विश्वास र समर्थनलाई स्पष्ट रूपमा प्रकट गरेकाे जनाइएको छ ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले यो उपलब्धिलाई एउटा अन्त्य नभई नयाँ सुरुवातको रूपमा लिने बताए ।
‘यसले हाम्रो अपेक्षा अझ उचालिएको छ, र नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य–उन्मुख मोबिलिटी समाधानको उदाउँदो केन्द्र बनाउन हाम्रो आत्मविश्वास थप मजबुत भएको छ’ उनले भने ।
ऐतिहासिक सफलतामा योगदान पुर्याएका सबै प्रदर्शक, प्रायोजक, सरकारी निकाय, सञ्चारकर्र्मी र सबै अवलोकनकर्ताहरूलाई नाडाको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछौं। नाडा अटो शो अब केवल प्रदर्शनी मात्र होइन, यो नवप्रवर्तन, उद्यमशीलता र भविष्य–तयारीको राष्ट्रिय उत्सव भएको उनको भनाइ छ ।
FACEBOOK COMMENTS