काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको प्रतिनिधि मण्डलले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेको छ ।
नाडाको टोलीले देशको बर्तमान जटिल अवस्था र त्यसले अटोमोवाइल व्यवसायमा परेका प्रभावहरूका सम्बन्धमा प्रधानमन्त्री कार्कीसँग छलफल गरेको हो । छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, उर्जा जलश्रोत, तथा सिंचाइमन्त्री कुलमान घिसिङ्ग, गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्य सचिव एकनारायण अर्याल समेतको उपस्थिति थियो ।
उक्त महत्वपूर्ण अवसरमार नाडाका अध्यक्ष चौधरीले नाडा ७ वटा प्रदेशहरूसहित सवै किसिमका अटोमोवाइल वस्तुहरूको प्रतिनिधित्व गर्ने ४९ वर्ष पुरानो संस्था भएको जानकारी दिँदै नाडाका सम्बन्धमा सरकारलाई आवश्यक जानकारी समेत दिन नसकेको दु:खेसो पोखे । सरकारले नाडाले दिएका सुझावहरूमध्ये दुई/तीनवटा सझावहरूलाई मात्र सम्बोधन गरेमा अटोमोबाइल व्यवसाय गतिशील बन्ने विश्वास अध्यक्ष चौधरीले व्यक्त गरेका छन् ।
उनले आम व्यवसायीहरूको शुरक्षा र देशको शान्ति र अमन चयन सवैभन्दा महत्वपूर्ण विषय भएको बताउदै व्यवसायीहरूको उत्थानका लागि सरकारले रोडम्याप समेत तयार गर्नुपर्ने धारणा राखे । सुस्ताएको नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील बनाउन आवश्यक पर्ने नीतिहरूमा सुधारका लागि आग्रह गर्दै नाडाकोतर्फबाट २२ बुँदे सुझावहरू समेत पेश गरेका थिए ।
उक्त छलफलमा खासगरी पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरूलाई बैकहरूबाट हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा लोन टू भ्यालु रेसियोमा हाल ६० प्रतिशतको सिमा लाई बढाएर ८० प्रतिशत पुर्याउनु पर्ने भन्दै नेपाल सवारी प्रदुषण मापदण्ड २०८२ को कार्यान्वयनबाट परेको असरहरूका सम्बन्धमा नाडाकोतर्फबाट बन तथा वातावरण मन्त्रालयमा पेश गरिएको सुझावहरूको कार्यान्वयनका लागि समेत अनुरोध गरेका छन् ।
नेपालमा व्यवसाय गर्नु जुवा खेल्नुसरह हो : प्रधानमन्त्री कार्की
छलफलमा प्रधानमन्त्री कार्कीले व्यवसायीहरूले राखेका सुझावहरूलाई मनन गर्दै आन्दोलनको कारणबाट व्यवसायमा पर्न गएको क्षतिप्रति सरकार गम्भिर रहेको बताएकी छिन् । उनले आफु कानून व्यवसायी भएकोले नेपालको उद्योग व्यवसायका समस्याहरूका सम्बन्धमा कम जानकार भएको बताउदै नेपालको हरेक आन्दोलनबाट व्यवसायीहरू नै प्रताडित हुनु परेको र नेपालमा व्यवसाय गर्नु जुवा खेल्नुसरह भएको बताइन् ।
उनले जस्तोसुकै विपद आइलागे पनि हामीहरू अठौतका साथ अघि बढनु पर्ने आश्वासन दिनु हुदै विधिको शासनलाई सवैले पालन गर्नु पर्ने र सरकार सदैव व्यवसायीहरूको साथमा रहने बताइन् । व्यवसायीहरूले समेत सरकारलाई सहयोग गर्न तयार रहेको कुरा सुन्दा आफुलाई गौरवको अनुभुति भइरहेको छ भन्दै नेपालको बैंकिङ्ग प्रणालीलाई व्यवसायमैत्री बनाइने आश्वासन दिइन् ।
यसै क्रममा उनले व्यवसायीहरूसँग धेरै अनुभव हुन्छ भन्दै सरकारले मात्र रोजगार दिन नसक्ने, नीजि उत्पादनलाई सरकारले उच्च प्राथमिकता दिने, व्याजदरमा सहुलियत दिने, देशलाई आत्मनिर्भर बनाउन देशका उद्योगहरूलाई उच्च प्राथमिकता दिइने, भन्सार शुल्क कम गरिने आश्वासन दिइन् । सोही छलफलको क्रममा उनले बर्तमान सरकारले निर्वाचन र शुसानलाई पहिलो प्राथमिकतामा राखिएको बताएकी थिइन् ।
उक्त छलफल कार्यक्रममा नाडाका सचिव विक्रम सिंहानिया, केन्द्रीय कार्य समिति सदस्यद्वय कपिल शिवाकोटी, मेघराज पौडेल र निशान ढकाल समेतको उपस्थिति रहेको थियो ।
FACEBOOK COMMENTS