काठमाडौं । नाडा अटो शोमा एमएडब्लू वृद्धिले एमहिरो–१ सार्वजनिक गरेको छ । एमहिरो–१ चिनियाँ सवारी निर्माता डोङफेङको उत्पादन, प्रिमियम विद्युतीय एसयूभी गाडी हो ।
अफरोका लागि उपयुक्त एमहिरो–१ कुल ८०० किलोवाट मोटर पावर क्षमतामा उपलब्ध एमहिरो–१ को पिकटर्क १४०० न्यूटन मिटर रहेको छ ।
करिब ३.५ टन तौल भएको यो एसयूभीले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको स्पिड केवल ४.२ सेकेन्डमै पूरा गर्ने कम्पनीको दाबी छ ।
एमहिरो–१ मा कम्पनीले १४२.७ किलोवाट आवर क्षमताको ब्याट्री प्रयोग गरेको छ, जसको फुल चार्जमा ४५० किलोमिटर यात्रा तय गर्न सकिने कम्पनीको दाबी छ ।
एयर सस्पेन्ससहितको एमहिरो–१ को सामान्य ग्राउन्ड क्लियरेन्स २४० एमएम रहेको छ, जुन अफरोड विशेष सेग्मेन्टको उच्च हाइट हो ।

उसो त गाडीलाई आवश्यकताअनुसार ३३० एमएमसम्म ग्राउन्ड क्लियरेन्स एड्जस्ट गर्न सकिने कम्पनीले जनाएको छ । यो गाडी अहिले सोकेसका लागी मात्रै प्रदर्शनीमा राखिएको हो ।