काठमाडौं । खल्ती मोबाइल वालेटमार्फत नाडा अटो शो, २०२४ को टिकट खरिद गर्दा खरिदकर्ताले २० प्रतिशत क्यासब्याक पाउने छन् ।
नाडा अटो मोबाइल्स एसोसिएशन अफ नेपालले यही भदौ ११ देखि १६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने ‘टाटा.ईभी नाडा अटो शो, २०२४’ को अग्रिम टिकट खुलिसकेको र खल्तीमार्फत अग्रिम टिकट काट्दा २० प्रतिशत क्यासब्याक पाइने जानकारी दिएको हो ।
‘आगन्तुकहरूको सुविधाका लागि, टिकटहरू अब खल्ती एपमार्फत अग्रिम रूपमा खरिद गर्न सकिन्छ । अग्रिम टिकट खरिदकर्ताहरूले अगस्ट २६ सम्म अर्थात् भदौ १० गते सोमबारसम्मको टिकट खरिदमा २०% क्यासब्याक लाभ उठाउन सक्नेछन्, जसले यो रोमाञ्चक कार्यक्रममा सहभागी हुन अझै सजिलो बनाउँछ,’ नाडाले भनेको छ ।
नाडाले साधारण टिकट रू. २०० र विद्यार्थीका लागि रू. १५० तोकेको छ ।
यो पटकको टाटा.ईभी नाडा अटो शो, २०२४ मा कुल ९५ प्रदर्शकले १३० वटा स्टलमार्फत आफ्ना उत्पादन, वस्तु तथा सेवाहरूको प्रदर्शनी गर्ने बताइएको छ । भने करिब ७५ हजार अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।
आर्थिक चुनौतीहरूको बीचमा अटोमोबाइल क्षेत्रलाई पुनर्जीवित गर्दै नेपालको अटोमोबाइल क्षेत्रलाई प्रभावित गरेको हालको आर्थिक मन्दीको अवस्थामा नाडा अटो शो २०२४ ले उद्योगलाई पुनर्जीवित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा आयोजकको छ ।
यो वर्षको नाडा अटो शो पहिलेभन्दा भव्य र प्रभावशाली हुने, सम्पूर्ण तयारी पूरा
FACEBOOK COMMENTS