मिलन बाबु मल्ल
कोषाध्यक्ष नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल
कार्यकारी निर्देशक एमएडब्ल्यू ग्रुप अफ कम्पनीज
नाडा अटो शो, २०२४ मा हामीले एमएडब्ल्यूबाट ६ वटा स्टल बुक गरेका छौँ । त्यसमा टू–ह्वीलर्समा यामाहा तथा फोर ह्वीलर्समा सेरेस र दिपल गाडीको शोकेश रहनेछ ।
यसैगरी कमर्सियल भेहिकलमा फोटोन र सकुनको स्टल रहने छ । त्यस्तै, अहिले हामीले लञ्च गर्न लागेको इलेक्ट्रिक भेहिकल ‘अवतार’ पनि नाडा अटो शोमा डिस्प्ले गर्छौँ । अवतार अलिक महङ्गो (करिब डेढ करोड रूपैयाँ) पर्छ । अवतार ५०० प्लस रेञ्ज दिने गाडी हो । यस्तै, दुईपांग्रे यामाहामा पनि हामी नयाँ मोडल ल्याएर लञ्च गर्दैछौँ ।
व्यापारमा उतारचढाव सधैं नै भइरहेको हुन्छ, तर त्यसलाई नकारात्मक रूपबाट मात्रै हेर्न हुँदैन । त्यसकारण आर्थिक स्थिति कमजोर रहे पनि यो नाडा अटो शोबाट नेपालको अटो बजार चलायमान हुने कुरामा हामी विश्वस्त छौँ । दसैँ र तिहारजस्ता नेपालीहरूको महान चाडको पूर्वसन्ध्यामा हुने यो शोले पक्कै पनि आफ्नो लक्ष्य प्राप्ती गर्नेछ भने व्यवसायीहरूले पनि भरपुर फाइदा लिन सक्नुहुनेछ भन्ने मेरो विश्वास छ ।
यो मेला विगतको भन्दा धेरै क्षेत्रफलमा आयोजना हुँदैछ । तपाइँहरू सबैजनाले भिजिट गरेर भव्य र सभ्य बनाइदिनुहुनेछ भन्ने पूर्ण विश्वास छ । थप पढ्न यहाँ क्लिक गर्नुहोस्–
भिडिओ हेर्नुहोस्–
FACEBOOK COMMENTS