काठमाडौं । नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि टोलीले बीमा प्राधिकरणका अध्यक्ष शरद ओझासँग भेट गरेको छ ।
आज नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको कार्यकक्षमा भेट गरी विद्युतीय सवारी साधनहरूको बीमा नीति सम्बन्धमा छलफल गरेको हो।
नाडा टोलीले हाल विद्युतिय सवारी साधनहरूको बीमा प्रक्रियामा देखिएका व्यवहारिक समस्या तथा अप्ठ्याराहरू प्राधिकरणको ध्यानाकर्षण गराएको थियो। साथै, वातावरणमैत्री तथा दिगो यातायात प्रवर्द्धन गर्न बीमा नीतिमा सहज, स्पष्ट र प्रोत्साहनमूलक व्यवस्था गर्नुपर्ने माग राखिएको थियो।
बिमा प्राधिकरणका अध्यक्ष ओझाले यस विषयलाई गम्भीरतापूर्वक लिने प्रतिबद्धता जनाउँदै आवश्यक अध्ययन र समन्वयपछि नीतिगत सुधारको लागि पहल गरिने बताएका छन्।
FACEBOOK COMMENTS