काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले नेपाली अटो मोबाइल क्षेत्रका समस्याबारे वर्षौँदेखि उठाउँदै आएको माग बल्ल वर्तमान सरकारले पूरा गरेको बताएको छ ।
आर्थिक वर्ष २०८२/०८३ को बजेटका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गर्दै नाडाले व्यवसायीको सुझाव सुनेर मनन् गरी बजेटमा सम्बोधनसमेत गरेकामा सरकारलाई धन्यवाद पनि दिएको छ ।
‘खासगरी यो बजेटले नेपालको अटोमोबाइल क्षेत्रको वर्षौँदेखिको माग र आवाजलाई समेटेको छ,’ नाडाले भन्यो, ‘नाडाको आवाजलाई सरकारले बजेटमार्फत सम्बोधन गरेकोमा हामी नेपाल सरकारप्रति हार्दिक आभारसहित धन्यवाद प्रकट गर्दछौँ ।
नाडाको नीतिगत सुझावहरुलाई मनन गरी आएको बजेट अटोमोबाइलमैत्री समेत रहेको बताएको छ । ‘यो बजेट व्यवसायमैत्री रहेको र उद्यमी र व्यवसायीहरुलाई प्रोत्साहित मात्र गरेको छैन अपितु यसले नेपालको अर्थतन्त्रलाई समेत चलायमान बनाउने छ भन्ने गहिरो आशा राख्दै अब हामीले आउँदो मौद्रिक नीतिसमेत यसै अनुरुप आउने अपेक्षा राखेका छौँ,’ नाडाले भन्यो ।
FACEBOOK COMMENTS